परमेश्वरको महिमा .
ख्रिष्टियन परिवारको अन्तिम उदेश्य भनेको परमेश्वरको महिमा गर्नु हो । यो बिना तपाइको परिवारको र तपाईको सारा जीवान पूर्ण जग र अन्तिम उदेश्य सफल हुन सक्दैन ।
किनकि सबै थोक उहाँबाट ( उ: श्रीष्टिकर्ता, उत्पति , र श्रोतको रुपमा परमेश्वरबाट निस्कि आएको) अनि उहाँदरा (परमेश्वर एक भरणपोषण कर्ता, संरक्षक, जोगाउनेवाला, थाम्नेवाला, शासकको रुपमा) र उहाँको निम्ति हुन् (उहाँको महिमाको निम्ति हुन्) उहाँलाई नै सदा सर्बदा महिमा होस् । आमिन (रोमी ११:३६)
परिवार समेत गरेर परमेश्वर सबैकुराको सुरु र अन्त हुनुहन्छ । हे हाम्रो प्रभु र परमेश्वर, तपाई महिमा, आदर र सक्ति गहण योग्यको हुनुहन्छ । किनभने सबैकुरा तपाईले नै श्रीष्टि गर्नुभयो भएको हो र तपाई कै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो । परमेश्वरले सबैथोक आफ्नै महिमाको निम्ति श्रृजना गर्नुभयो । त्यसमा परिवार पनि पर्दछ । यसरी परिवार त्यसको आफनै फाईदको निम्ति अस्तित्मा रहेको हुँदैन, तर परमेश्वरलाई आदर र महिमा ल्याउन अस्तित्मा रहेको हुन्छ ।
Você está em: Home »Unlabelled » परमेश्वरको महिमा
Subscribe to:
Post Comments (Atom)



0 comments:
Post a Comment